ग्लोबल र सनराईज बैंकद्वारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग
धनगढी: ग्लोबल आईएमई बैंक र सनराईज बैंकले सीमामा खटिएको सशस्त्र प्रहरीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
शुक्रबार दुवै बैँकले संयुक्त रुपमा सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनालाई ३१ हजार ४ सय बराबरको ८६ थान सेनिटाईजर, एक हजार थान ग्लोब्स र सय थान मास्क हस्तान्तरण गरेका छन्।
सामग्री हस्तान्तरण पश्चात प्रमुख भट्टले जनताको सुरक्षाका लागि जोखिममा रहेर सीमा तथा फिल्डमा रहेर काम गरिरहेका सशस्त्र प्रहरीको सुरक्षाका लागि ग्लोब्स, सेनिटाईजर र मास्क प्रदान गरिएको बताए।