डोटीको जोरायल गाउँपालिका २ मा विवाह, व्रतबन्ध गर्न रोक
डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ को कार्यालयले भीडभाड बढेको भन्दै विवाह, व्रतबन्ध गर्न समेत रोक लगाएको छ।
वडा कार्यालयको आज बसेको बैठकले कुनै पनि भीडभाड हुने कार्यक्रम विवाह, व्रतबन्ध, मेला, भोजभतेर गर्न गराउन निषेध गर्ने निर्णय गरेको वडा अध्यक्ष मानबहादुर मल्लले जानकारी दिए।
अर्को सूचना जारी नहुँदा सम्मका लागि भीडभाड हुने सबै खालका कार्यक्रममा रोक लगाईएको वडा अध्यक्ष मल्लले बताए। त्यस्ता कार्यक्रम गरेको भेटिए कानून अनुसार कारवाही गरिने चेतावनी समेत दिईएको छ।
यस्तै अतिआवश्यक काम बाहेक एक घरबाट अर्को घर जान आउन समेत निषेध गरिएको छ।