सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभु बैंक लिमिटेडद्धारा पाँच लाख बराबरको खाद्यसामाग्री हस्तान्त्रण

२०७६ चैत्र २७, १०:४१ खबर संवाददाता

प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले खाद्य सामाग्री हस्तान्त्रण गरेको छ। कोराना भाइरस (कोभिड १९) को महामारीका कारण खाद्यान्न संकट तथा असहज परिस्थितिको समयमा प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमका दशवटा स्थानीय तहमा पाँच लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो।

धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, बर्दगोरीया गाउँपालिका, कमलबजार नगरपालिका, साफँेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकामा रहेका प्रभु बैंकका शाखा कार्यालय बाट खाद्य सामाग्री हस्तान्त्रण गरीएको प्रभु बैंक लिमिटेडका सुदुर पश्चिम प्रमुख नन्दराज जोशीले बताए।

उनले यस अघि कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारलाई एक करोड एकलाख हस्तान्तरण गरिएको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस