सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीनवटै सुरक्षा निकायलाई १५/१५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

२०७६ चैत्र २७, ०५:५९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि तीनवटै सुरक्षा निकायलाई १५÷१५ लाख बजेट दिने निर्णय गरेको छ।

आजको मन्त्रीपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई १५÷१५ लाखका दरले बजेट दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए।

यस्तै ९ वटै जिल्ला प्रशासन कार्यालयलाई समेत कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि पाँच लाख दिने निर्णय समेत गरेको प्रवक्ता शाहले बताए। 
 

कमेन्ट लोड गर्नुस