सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मीको बिमाका लागि १५ लाख दिने

२०७६ चैत्र २७, ०४:४९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोभिड–१९) को उपचारमा खटिने स्वास्थ्यकर्मीको बिमामा १५ लाख दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले संघिय सरकारले ल्याएको स्वास्थ्यकर्मीको बिमा योजनामा प्रदेशका तर्फबाट १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले स्वास्थ्यकर्मीका लागि संघिय सरकारले गर्ने बिमामा प्रदेशकातर्फबाट १५ लाख दिने निर्णय गरेको जानकारी दिए।

‘संघिय सरकारले ल्याएको स्वास्थ्यकर्मीको बिमामा प्रदेश १५ लाख थप्ने निर्णय भएको छ।’प्रवक्ता शाहले भने। 

कमेन्ट लोड गर्नुस