सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा गोली हानेर श्रीमतीको हत्या

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र २७, ०१:४६ प्रकाश सिंह

बाजुरा:  बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। बुधवार  राति ३३  वर्षीया सुन्तु रोकायाको भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

सुन्तुका ४० वर्षीय श्रीमान गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन्। भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहिबार बिहान मात्र माईती पक्षले प्रहरीलाई जानकारी आएको ठगुन्नाले बताए। 

जानकारीपश्चात गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकायालाई एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।  मृतक सुन्तको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ।

गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धान थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटना स्थलतिर गइरहेको छ। घटनाबारे थप टोली पुगेपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस