सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका क्वारेन्टाइनबाट तीन सय २६ जनाको नमूना संकलन

२०७६ चैत्र २६, ०६:२९ खबर संवाददाता

डोटी: डोटीका क्वारेन्टाइनबाट तीन सय २६ जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। जिल्लामा स्थापना गरिएका १६ वटा क्वारेन्टाइनबाट तीन सय ५ र अन्य २१ जनागरी तीय सय २६ जनाको नमुना संकलन गरिएको हो। 

भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वाब संकलन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। संकलन गरिएको नमूना आज नै सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनले बताए।

डोटीका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना संकलन गर्न प्राविधिकहरुको टोली आज बिहान मात्रै डोटी पुगेको थियो।

कमेन्ट लोड गर्नुस