सुदूर नेपाललाई विश्वसँग जोड्दै

सातौं धनगढी हाफ म्याराथन स्थगित

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २६, ०४:०९ खबर संवाददाता

धनगढी : धनगढीमा प्रत्येक बर्ष अयोजना हुँदै आएको हाफ म्याराथान स्थगित भएको छ। ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले प्रत्येक बर्ष नयाँ वर्षमा धनगढी हाफ म्याराथन गर्दै आएकोमा यस बर्ष नहुने भएको हो।

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतियोगिता यस वर्षलाइ स्थगित भएको धनगढी जेसिजले विज्ञप्ती मार्फत जानकारी दिएको छ। बुधबार प्रेस विज्ञप्ती जारी गर्दै धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले कोरोनाको रोकथामका लागि देशमा लकडाउन जारी भएकै समयमा हाफ म्याराथन गर्न सकिने अवस्था नरहेकोले स्थगित गरिएको उल्लेख गरेका छन्। ६ बर्षदेखि बैशाख १ गते हाफ म्याराथन हुँदै आएको थियो। 
 

कमेन्ट लोड गर्नुस