सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुउद्देश्यीय विकास समाज डडेल्धुराले सातै स्थानीय तहलाई राहत सामग्री सहयोग गर्दै

२०७६ चैत्र २६, ०१:३७ खबर संवाददाता

डडेल्धुरा: बहुउद्देश्यीय विकास समाज(एमपिडिएस) डडेल्धुराले जिल्लाका विभिन स्थानीय तहलाई राहत तथा सरसफाई सामग्री उपलब्ध गराउँदै छ। मंगलबार मात्रै संस्थाले परशुराम नगरपालिकालाई राहतस्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। 

विश्वमा फैलिएको कोभिड– १९ को संक्रमण रोकथामकालागि पुरै देश लकडाउन गरिएको अवस्थामा दैनिक ज्यालादारी गररे जिवन निर्वाह गर्नेहरुलाई समस्या भएको भन्दै उक्त राहत सामग्री हस्तान्तरण गरेको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक प्रेमबहादुर महरले बताए। 

संस्थाले परशुराम नगरपालिकामा ४५ घरधुरीलाई पुग्नेगरी प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर खाने तेल हस्तान्तरण गरेको उनले बताए।  उक्त सामग्री संस्थाका सामाजिक परिचालक लक्ष्मण मल्लले परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउँदलाई हस्तान्तरण गरेका हुन।

यस्तै संस्थाले मंगलबार आलिताल गाउँपालिमा ३० घरधुरीलाई पुग्नेगरी प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ लिटर खाने तेल र १ किलो नुन हस्तान्तरण गरेको छ। त्यस्तै सोहीदिन भागेश्वर गाउँपालिकालाई मास्क लगायत सरसफाईका सामग्री हस्तान्तरण गरिएको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक महरले बताए। 

त्यसपछि जिल्लाको गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकाका २५/२५ घरधुरीलाई पुग्नेगरी खाद्यान्न हस्तान्तरण गरिने संस्थाले जनाएको छ। जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकालाई सरसफाई सामग्री आवश्यक परेकाले ती सामग्री हस्तान्तरण गरिने बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक प्रेमबहादुर महरले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस