नेपाली कांग्रेस अमरगढीका नगर सभापती पालद्वारा खाद्यान्न सहयोग
धनबहादुर भण्डारी, डडेल्धुरा: नेपाली कांग्रेस अमरगढी नगरपालिकाका नगर सभापती दानबहादुर पालले खाद्यान्न वितरण गरेका छन्। लकडाउनका कारण ज्यालादारी गर्ने, विपन्न वर्ग र अपागंता भएका व्यक्तिलाई समस्या भएको भन्दै उनले ५५ जनालाई खाद्यान्न र केहीलाई नगद समेत सहयोग गरेका छन्।
उनले प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ पोका तेल, १ पोका नुन र २ पिस साबुन वितरण गरेको बताए। आफ्नो व्यक्तिगत खर्चमा नगरभित्र रहेका तर खानबस्न समेत समस्यामा परेका नगरवासीलाई सहयोग गरेको सभापती पालले बताए। सामाजिक दुरी कायमगरि राहत सामाग्री वितरण गर्दै सभापती पालले लकडाउनको समयमा घरभित्र सुरक्षित रहन नगरवासीलाई सुझाव समेत दिएका छन्।
त्यस्तै जिल्लाको अजयमेरु गाउँपालिकाले पनि खाद्यन्न वितरण गरिरहेको छ। अजयमेरुले मजदुर, विपन्न वर्गलाई दालचामल र नुनतेल वितरण गरिरहेको छ। भने अन्यलाई परिस्थिती अनुसार केही रकम छुटमा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री गाउँमै विरतण गरिरहेका वडा नम्बर १ का अध्यक्ष दत्तिसिंह भण्डारीले बताए।
मंगलबार मात्रै वडा नम्बर १ को गाउँमै पुगरे मजदुर, न्यून आयस्रोत भएका व्यक्तिलाई निःशुल्क राहत खाद्यान्न वितरण गरेको वडा अध्यक्ष भण्डारीले बताए।