सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसान सहकारीद्वारा कोरोना रोकथामको लागी सहयोगको घोषणा

२०७६ चैत्र २५, ०७:१९ खबर संवाददाता

कैलाली: कैलालीको लम्की चुहा स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना रोकथामको लागी सहयोगको घोषणा गरेको छ मंगलबार संस्थाले एक बिज्ञप्ती प्रकाशीत गरि कैलाली जिल्लाको १३ वटै स्थानिय निकायहरुलाई ५० हजारका दरले ६ लाख ५० हजार खाद्यन्न सामाग्री वा नगद उपलब्ध गराउने जनाएको छ। 

संस्थाले विश्वभरी महामारीको रुपमा फैलिरहेको तथा मानव जातीको लागि चुनौतीको रुपमा रहेको कोरोना भाईरस संग आज पुरै विश्व लडिरहेको र नेपालले समेत त्यसको सामना गर्नु परिरहेको बर्तमान परिस्थितिमा राज्यलाई समेत सबै निकायहरुको साथ र सहयोगको आवश्यकता रहेको औंल्याउदै आनो सामाजिक दायित्व महशुस गरि सहयोग गर्ने जनाईएको छ ।

पुरै देश लकडाउनमा रहेको र सो अवस्थामा दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्ने अति विपन्न परिवारलाई राहत दिन, क्वारेन्टाइनमा बस्नेलाई खानपानको व्यवस्थापन गर्न तथा यस विपतको सामना गर्नका लागि आवश्यक विभिन्न कार्य गर्नका लागि १३ वटै स्थानीय निकायहरु मार्फत सहयोग हस्तान्तरण गरिने  संस्थाले जनाएको छ।

कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको संस्थाको कैलालीभर १८ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन।
    

कमेन्ट लोड गर्नुस