सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका एकजना तीन दिनदेखि बेपत्ता

२०७६ चैत्र २५, ०६:०१ खबर संवाददाता

डडेल्धुरा:  डडेल्धुराको अमरगढी–३ कोटेउडाका हरिदत्त पाण्डेय तीन दिनदेखि सम्पर्कविहिन छन्। तीन दिनदेखि बेपत्ता उनको खोजी कार्य निरन्तर भएपनि फेला परेका छैनन्। 

उनी अमरगढी–३को दहतला जङगलबाट हराएको पारिवारीक स्रोतले जनाएको छ। उनको खोजी कार्य निरन्तर रुपमा गरिरहेको भए पनि अझै फेला नपरेको स्थानीय विष्णुराज पाण्डेयले जानकारी दिए। पाण्डेयका अनुसार उनी मानसिक समस्याले पीडित थिए। तीन दिनदेखि पाण्डेय वेपत्ता भएपछि परिवारले प्रहरीमा खबर गरेको भए पनि अझै फेला परेका छैनन्।

मंगलबार मात्रै प्रहरीकोमा खबर आएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। पाण्डेयका आफन्तले खोज तलासका लागि निवेदन दिएकोले सोही अनुसार खोज तलास गरिरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेको भनाइ छ।

कमेन्ट लोड गर्नुस