सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा यसरी हुन्छ बिरामीको प्रत्यक्ष सम्पर्कबिनै उपचार

२०७६ चैत्र २५, ०१:४३ खबर संवाददाता

धनगढी : सेती प्रादेशिक अस्पतालले बिरामीसँग प्रत्यक्ष सम्पर्कबिनै उपचार गर्ने प्रविधि भित्राएको छ। अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीका अनुसार टेस्टिङ बुथमार्फत बिरामीसँग प्रत्यक्ष सम्पर्क नगरी अस्पतालले जाँच र उपचार थालेको हो।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त प्रविधि भित्रिएपछि अहिले स्वास्थ्यकर्मीलाई पनि सुरक्षा महसुस भएको जोशीले बताए। विरामी बाहिर र स्वास्थ्यकर्मी भित्र भएर पनि विरामीको उपचार र स्वास्थ्य जाँच गर्न सकिने छ।

राष्ट्रिय आविष्कार केन्द्रले स्थानीय स्रोत र साधन प्रयोगमार्फत करिब ७० हजार लागतमा ३ दिनमा बुथ तयार गरेर निःशुल्क हस्तान्तरण गरेको जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस