सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको र्‍यापिड टेष्टका लागि ६ जनाको टोली धनगढी पुग्यो

२०७६ चैत्र २४, ०७:४० खबर संवाददाता

धनगढी :  कैलाली र कञ्चनपुरमा कोराना भाईरस (कोभिड–१९) को ¥यापिड टेष्ट अर्थात द्रुत जाँचका लागि तालिम प्राप्त प्राविधिकको टोली धनगढी पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएको ६ सदस्यीय तालिम प्राप्त प्राविधिकको टोली सोमवार साँझ धनगढी पुगेको हो।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ६ जना प्राविधिकको टोली धनगढी पुगिसकेको बताउँदै मग्लवार विहान उनीहरुसंग छलफल हुने बताए। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।

सुरुमा कैलालीमा दुबईबाट आएका ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो। पछिल्लो पटक युवककी भाउजुमा पनि कोरोना पोजेटिभ देखिएको छ। छिमेकी भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका थप दुई पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमलाई डेन्जर जोनमा राखिएको छ। ¥यापीड टेष्ट क्वारेन्टाईनमा राखिएका सबैको गरिने दावी गरिएको छ। 

कमेन्ट लोड गर्नुस