सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलन्या थलीको ‘दैलामै दवाई’ अभियान

२०७६ चैत्र २४, ०७:२० खबर संवाददाता

धनगढी: बोलन्या थलीले ‘दैलामै दवाई’ अभियान सुरु गरेको छ। पश्चिम सेती निर्माणको लागि सरकारलाई दवाव दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन गर्न लागेको बोलन्या थलीले ‘दैलामै दवाई’ अभियान सुरु गरेको हो।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले आउँदो बैशाख ३ गते सम्मका लकडाउन थपेपछि नियमित औषधि सेवन गर्नुपर्नेहरुलाई समस्या नहोस् भन्ने उदेश्यले ‘दैलामै दवाई’ अभियान सुरु गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

‘नियमित औषधी सेवन गर्नेहरुलाई लकडाउनको समयमा खरिद गर्न समस्या हुने गरेका कारण यो अभियान संञ्चालन गरिएको हो’, उनले भने, ‘तपाई सबैलाई पनि औषधि आवश्यक परेको छ भने मलाई सम्पर्क गर्नुहोला।’ उनलाई सम्पर्क गर्नको लागि ९८५८४८०६५४ मा फोन गर्न सकिने छ। 

विगतबाट नै बोलन्या थली विभिन्न समाजिक कार्यमा संलग्न हुँदै आएको छ।  
 

कमेन्ट लोड गर्नुस