सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सीमा क्षेत्रमा सशस्त्रले निगरानी बढायो, सात स्थानमा चेकप्वाईन्ट स्थापना

२०७६ चैत्र २४, ०७:०५ खबर संवाददाता

धनगढी : भारतसँंग सीमा जोडिएका कैलालीका दुई स्थानमा सशस्त्र प्रहरीले चेकप्वाईन्ट स्थापना गरेको छ। सीमा क्षेत्रमा लुकीछिपी आवागमन हुन सक्ने आशंका गरिएपछि थप स्थानमामा चेकप्वाईन्ट राखिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले सबै नाका सील गरिएको अवस्थामा पनि आवागमन हुन सक्ने भएकाले निगरानी बढाउन चेकप्वाईन्ट थपिएको बताए।

सशस्त्र प्रहरीले धगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटान, १० जुगेडा, कैलारी गाँउपालिका वडा नम्बर खोनपुर, भजनी नगरपालिका वडा नम्बर ७ हिक्मतपुर, ६  कौवाखेडा, ३ मौरीयाँघाट  र टीकापुर नगरपालिका वडा नम्बर ९ श्रीलंकामा नयाँ चेक प्वाईन्टहरु स्थापना गरेको उनले बताए।

नयाँ थप गरिएका सात र पुराना पाँच सहित १२ वटा युनिट मार्फत सशस्त्र प्रहरीले भारतसंग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गर्नेछ। २४ घण्टा नै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी राखेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस