सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा छनौट भएका स्टाफ नर्सले कोरोनाको त्रासपछि नियुक्ति लिएनन

२०७६ चैत्र २४, ०६:५६ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालमा पटक–पटक नियुक्तिका लागि बोलाईएका ११ जना स्टाफनर्सले नियुक्ति लिन आनाकानी गरेका छन्। माघ १० गतेको सूचनापछि लिखित तथा अन्तरवार्ता परिक्षाबाट योग्यता क्रममा रहेका बैकल्पिक आवेदकलाई चैत १२ गतेदेखि पटक–पटक नियुक्तिका लागि बोलाईएपनि उनीहरुले आनाकानी गरेका हुन्।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार १० गतेको विज्ञापनपछि पहिलो रोजाईमा रहेका २३ जनालाई सुरुमा भर्ना गरेको थियो। ‘२० जनालाई बैकल्पिकमा राखिएको थियो। कोरोनाको जोखिम बढेपछि बैकल्पिकमा नाम निकालेका १५ जनालाई नियुक्तिका लागि पटक–पटक बोलाएका थियौँ। तर अहिले सम्म चार जनाले मात्रै नियुक्ति लिएका छन्’ उनले दिनेश खबरलाई भने।

उनका अनुसार बैकल्पिकमा नाम निकालेका बाँकी पाँच जनालाई पनि नियुक्तिका लागि तीन दिनको समय राखिएको छ। अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेका अनुसार पटक–पटक सूचना जारी गरिए पनि नियुक्तिका लागि नआएपछि ११ जनालाई अन्तिम तीन दिनको म्याद दिईएको बताए। ‘बैकल्पिकमा नाम निकालेका स्टाफनर्सलाई नियुक्तिका लागि पटक–पटक फोन पनि गरेका छौँ। तर अहिले सम्म चार जनाले मात्रै नियुक्त लिएका छन्। अन्तिम पटकका लागि सूचना जारी गरेका छौँ। उहाँहरु आउनुभएन भने विकल्प खोज्छौ।’

प्रदेश सरकारले कोरोनाको जोखिम बढेसंगै सेती प्रादेशि अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको छ। अहिले अस्पतालमा चार जना संक्रमितको उपचार भईरहेको छ भने ६ जना शंकास्पद विरामीको आईसोलेसनमा उपचार भईरहेको छ।

 

कमेन्ट लोड गर्नुस