सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका राजनीतिक दलको मागः डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाइयोस

२०७६ चैत्र २४, ०५:४५ खबर संवाददाता

धनगढी: डडेल्धुराका ५ राजनीतिक दलले डडेल्धुरा अस्पताल डडेल्धुरालाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन माग गरेका छन्।

सुदूरपश्चिमकै एकमात्र संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताललाई कारोना परीक्षण केन्द्रको रुपमा तत्काल व्यवस्थित गर्न सरकारसँग माग राख्दै सोमबार डडेल्धुरास्थित ५ राजनीतिक दलले ध्यानाकर्षण गराएका हुन।

७ पहाडी जिल्लाको केन्द्रमा रहेको उक्त अस्पतालमा तत्काल पीपीई लगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गर्न समेत माग राख्दै डडेल्धुराको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र  समाजवादी पार्टीले संयुक्त ध्यानाकर्षण पत्रमा लेखेका छन, ‘हालसम्म कोरोनो संक्रमणका घटनाक्रमले सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी जोखिम रहेको छ भन्ने कुरा पुष्टि भएको छ। सुदूरपश्चिम जोखिममा रहदै गर्दा सुदूरको मुटुमा रहेको डडेल्धुरा जिल्लापनि कम जोखिममा छ भन्न सकिँदैन। तसर्थ ७ वटै पहाडी जिल्लाका नागरिकको स्वास्थ सेवासँग सरोकार राख्ने सुदूरपश्चिमको एकमात्र संघीय सरकारको मातहातमा रहेको डडेल्धुरा अस्पताल डडेल्धुरालाई यथासिघ्र चाडो कोरोना रोगको परीक्षण केन्द्रका रुपमा व्यवस्थित गरियोस र स्वास्थ्यकर्मीहरुका अति आवश्यकिय पीपीई लगायतका सामग्रीहरुको यथासिघ्र चाडो प्रबन्ध गरियोस भनी हामी डडेल्धुरास्थित सम्पूर्ण राजनितीक दलहरु नेपाल सरकारसँग जोरदार मागगर्दै हामी सुदूरपश्चिमका जनताको बीचमा ज्यादै बढीराखेको त्रासदिपूर्ण मनोबिज्ञानलाई मध्यनजर गरी यहाँका आम जनताको स्वास्थ्यप्रति संवेदनशील भइदिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ।’

यस्तो छ ध्यानाकर्षण पत्र:

डडेल्धुरास्थित सम्पूर्ण राजनितिक दलहरुकाे सझा अपील

आदरणीय डडेल्धुरा बासी दाजुभाइ तथा दिदीबहिनीहरु,

COVID-19 अर्थात काेराेना भाईरसकाे महामारीकाे कारण आज विश्व जगत नै आक्रान्त बनेकाे छ। सारा मानवजातिकाे अस्तित्व र मानव सभ्यता नै सम्भवत:ईतिहासकै अत्यान्त कठिन माेडमा उभिएकाे छ।

बर्तमान परिस्थितिमा हामी सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु आत्म संयमित भई एक आपसमा सामाजिक दुरी कायम गरि सरकारले घाेषणा गरेकाे लकडाउनलाई पूर्णरुपमा पालना गर्नु र काेराेनाबाट जाेगिन आत्म सुरक्षाका विधिहरु अपनाई बस्नुकाे बिकल्प छैन।

हाल सम्म बिदेशबाट नेपाल फर्केका व्यक्तिहरु नै बढी भन्दा बढी काेराेना संक्रमणकाे केन्द्रमा रहेकाे तथ्यलाई यश अघिका संक्रमणहरुले पुष्टि गरेकाे छ साथै हाम्रो जिल्ला डडेल्धुराका सम्पूर्ण स्थानिय तहमा बिदेशबाट स्वदेश फर्केका दाजुभाइ तथा दिदीबहिनीहरु आ-आफ्नाे परिवार , तपाइहरुकाे समाज र राष्ट्रलाई माया गर्दै सबै स्थानिय सरकारहरुले बनाएका क्वाराइनटाइनमा बसि दिनका लागि हामी हार्दिक अनुरोध गर्दछाैँ ।

तपाईहरुले अनुशासित भएर स्वयम् स्थानीय सरकार ले ब्यवस्थापन गरेका वा सेल्फ क्वाराइनटाइनमा बसि दिदा तपाईहरु मात्रै हैन ,सिङ्गो जिल्ला नै सुरक्षित रहन सक्छ र हामी काेराेना बिरुद्धकाे लडाइमा सफलता प्राप्त गर्नेछाैँ भन्ने हाम्रो दृढ बिश्वास रहेकाे छ।

हाल सम्म काेराेनाे संक्रमणका घटनाक्रमले सुदुरपश्चिम प्रदेश सबै भन्दा बढी जाेखिम रहेकाे छ भन्ने कुरा पुष्टि भएकाे छ । सुदुरपश्चिम जाेखिममा रहदै गर्दा सुदुरकाे मुटुमा रहेकाे डडेल्धुरा जिल्ला पनि कम जाेखिम मा छ भन्न सकिँदैन।

तसर्थ ७ वटै पहाडि जिल्लाका नागरिक को स्वास्थ सेवा संग सराेकार राख्ने सुदुरपश्चिमकाे एक मात्र संघिय सरकारकाे मातहातमा रहेकाे डडेल्धुरा अस्पताल डडेल्धुरालाई यथा सिघ्र चाडाे काेराेना राेगकाे परिक्षण केन्द्रका रुपमा व्यवस्थित गरियाेस र स्वास्थ्य कर्मीहरुका अति आवश्यकीय PPE लगायतका सामग्रीहरुकाे यथा सिघ्र चाडाे प्रबन्ध गरियाेस भनी हामी डडेल्धुरा स्थित सम्पूर्ण राजनितीक दलहरु नेपाल सरकारसंग जाेरदार माग गर्दै हामी सुदुरपश्चिमका जनताकाे बीचमा ज्यादै बढीराखेकाे त्रासदिपूर्ण मनाेबिज्ञानलाई मध्यनजर गरी यहाँका आम जनताकाे स्वास्थ्य प्रति सम्वेदनशील भैदिन नेपाल सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छाैँ।

काेराेना संक्रमण राेकथामका लागि सुरुवातिदेखि हालका दिन सम्म अनवरत आ-आफ्नाे क्षेतबाट खटीइ सहयाेग गरि रहनु भएका सम्पूर्ण स्थानिय तहका जनप्रतिनिधि ज्यूहरु, राजनितिक दलका साथिहरु, प्रसासन , सुरक्षा निकाय, पत्रकार, नागरिक समाज एवं उद्योगी,व्यापारीहरु लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दै याे सिङ्गो मानव जाति र सारा धर्ती माथिकै कोरोना आक्रमणबाट बच्न आ-आफ्नाे क्षेत्रबाट मन,वचन र कर्मले सहयाेग गर्न हुन सम्पूर्ण डडेल्धुरा बासी दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अपील गर्दछाैँ ।

धन्यवाद ! २०७६/१२/२४

१:श्री करुणाकर भट्ट :- का.वा. सभापति, नेपाली काँग्रेस डडेल्धुरा
२: श्री मान सिह माल :- अध्यक्ष, नेकपा डडेल्धुरा
३: श्री टेकराज पनेरु :- अध्यक्ष, राप्रपा डडेल्धुरा
४: श्री पदम ओलि :- अध्यक्ष, राजने डडेल्धुरा
५: लक्ष्मीकान्त पनेरु :- अध्यक्ष, समाजवादी पार्टी डडेल्धुरा

कमेन्ट लोड गर्नुस