सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

२०७६ चैत्र २४, ०९:४५

राजविराज: कोरोना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन्। ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको  हो। स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन्।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी किनारमा किसानले व्यावसायिकरूपमा लगाएको तरकारी सदरमुकाम राजविराजसहित जिल्लाका अन्य साप्ताहिक हाटबजारमा बिक्रीका लागि लैजान ढुवानी नहँुदा चिन्तित बनाएको किसानहरूले गुनासो गरेका छन्। ठूलो लगानी गरेर व्यावसायिक खेती गरेको तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।

पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चले पनि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको स्थानीय  वीरेन्द्र मगरदैताको भनाइ छ। सदरमुकाम राजविराजमा मात्र दैनिक दुईदेखि तीन मेट्रिक टन तरकारी खपत हुने गरेको छ तर उत्पादन धेरै भए पनि लकडाउनका कारण  माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

सप्तरीको पूर्वी भेगमा २५ किसानले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेको स्थानीय अगुुवा कृषक मोहम्मद राशिकले बताए। अहिले उनीहरूको खेतमा  काँक्रो, फर्सी, लौकालगायत अन्य हरियो तरकारी उत्पादन भएका छन्। बजार पुु¥याउन नसक्दा लौका र काँक्रो खेतमै कुुहिएको उनले बताए।

“काँक्रो टिप्ने हो भने झण्डै दुुई क्विन्टल निस्कन्छ, टिपेर के गर्नुु? बजार पुु¥याउन यातायातको सुुविधा छैन”, अर्का कृषक मोहम्मद मोहसिनले  भने, “हातमा  बोकेर कहाँ लगेर बेच्नुु?” किसानले व्यावसायिक खेती भएको स्थानमा चिस्यान केन्द्र र ढुुवानी गर्ने सडकको व्यवस्था गर्न माग गरेका छन्। अर्का अगुवा कृषक आकाश यादवले किसानको उत्पादन बजारसम्म पुु¥याउन सहज हुुने अवस्था सिर्जना गर्न सरकारसँग माग गरे।

“व्यावसायिक तरकारी खेती बढ्दै गएको छ। यहाँ उत्पादन भएको वस्तुु सहजरूपमा बजार पठाउन सके प्रदेश नम्बर २ कै तरकारीको मागलाई थेग्न सक्छ”, उनले भने।–रासस
 

कमेन्ट लोड गर्नुस