सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुर र प्रतापपुरमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन

२०७६ चैत्र २४, ०८:४३

कैलालीको  टीकापुर नगरपालिकाको टीकापुर बहुमुखी क्याम्पस र प्रतापुरस्थित क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोभिड –१९ परीक्षणका लागि नमूना संकलन गरिएको छ।  क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसिरहेका ३७ नागरिकको नमूना संकलन गरिएको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। ‘‘हामीले क्वारेन्टाइमा रहेकाको नमूना संकलन गरेका छौंँ’’, रावलले भने, ‘‘हामी सतर्कता अपनाएर काम गरिरहेका छौंँ।’’

उता लम्की चुहा नगरपालिकाको प्रतापपुरस्थित क्वारेन्टाइमा रहेकाहरुको पनि नमूना संकलन गरिएको छ। जानकी गाउँंपालिकाको दुर्गौलीमा रहेको क्वारेन्टाइनमा रहेकाहरुको भने सोमबार नमूना संकलन गरिने जनाइएको छ। त्यस्तै टीकापुरले आइतबारदेखि नगरका विभिन्न क्षेत्रमा कीटनाशक औषधिमार्फत सेनिटाइज गर्न शुरु गरेको छ। सर्वसाधारणहरुको जम्मा हुने मुख्य बजार, तरकारी बजार, मुख्य सडकलगायत क्षेत्रमा सेनिटाइज गर्न शुरु गरिएको रावलले जानकारी दिए।

टीकापुर १ भित्र रहेका तरकारी बजार, खड्गचोक, बसपार्कलगायत स्थानमा सेनिटाइज गरिएको छ। अन्य क्षेत्रमा समेत सेनिटाइज गरिने जनाइएको छ।–रासस

कमेन्ट लोड गर्नुस