सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलम्पिकमा सहभागी हुने फुटबलरको उमेर एकवर्ष बढाइयो

२०७६ चैत्र २४, ०६:१६ खबर संवाददाता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एकवर्ष बढाउने निर्णय गरेको छ। कोरोनाका कारण एकवर्षपछि (२०२१) सरेको टोकियो ओलम्पिकमा अब २४ वर्षका फुटबलर खेल्न पाउने भएकन छन्। यो निर्णय टोकियो ओलम्पिक एकवर्षपछि धकेलिएकाले गरिएको फिफाले जनाएको छ।

यसअघि ओलम्पिक फुटबलमा यु–२३ टिमले खेल्ने गरेको थियो। त्यस्तै इन्टरनेसनल ओलम्पिक कमिटी (आइओसी) ले ओलम्पिक छनोटको समय लम्व्याएको छ। टोकियो ओलम्पिक छनोट २९ जुन २०२१ सम्मका लागि लम्व्याएको हो। यसअघि यो वर्षका लागि तय भएको ओलम्पिकमा २४ जुलाईदेखि ९ अगस्टसम्म हुने कार्यतालिका रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस