सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ओम ट्रेडले खाद्यान्न समाग्री घरमै पुगाउने

२०७६ चैत्र २३, ०९:५७ खबर संवाददाता

धनगढीको ओम ट्रेड डिपार्टमेन्ट स्टोरले खाद्यान्न सामाग्री घरमै पुगाउने भएको छ। लकडाउनका कारण नागरिकलाई दैनिक उपभोग्य सामाग्रीको अभाव नहोस् भन्ने उद्देश्यले धनगढीमा रहेको ओम ट्रेड डिपार्टमेन्ट स्टोरले ‘होम डेलिभरी’ गर्ने तयारी गरेको हो।

लकडाउन धनगढीमा कडाई भएपछि धनगढीबासीलाई दैनिक उपभोग्य बस्तुको आपुर्ती सहज गर्नको लागि होम डेलीभरीको व्यबस्था गरेको स्टोरका व्यबस्थापक सागर खड्काले बताए।

धनगढीका जुनसुकै स्थानबाट स्टोरको ०९१-५२३५२८ र ९८४८५६३७७७ नम्बरमा टेलिफोन गरी आफुलाई आवश्यक परेको सामग्री अडर गर्न सकिने उनले बताए।

अत्यावश्यक खाद्यान्न समाग्री जस्तै दाल, चामल, नुन, तेल लगायतको मात्रै होम डेलिभरी गरिने छ। 
 

कमेन्ट लोड गर्नुस