धनगढीका कोरोना संक्रमितलाई अस्पताल पुगाएका व्यक्ति सहित दुई जनाको रिपोर्ट आउन बाँकी
धनगढी : धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आईसकेकोमा दुई जनाको रिपोर्ट भने आउन बाँकी छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका ८ जना परिवारका सदस्य र दुई जना आफन्तको नमूना संकलन भएकोमा दुई जनाको रिपोर्ट आउन बाँकी रहेको हो।
१० जनामा सात जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।संक्रमितका श्रीमती सहित सात जनाको रिपोर्ट नेगेटिभ देखाएको थियो। रिपोर्ट आउन बाँकी रहेका दुई जनामा एक जनाले संक्रमितलाई मोटरसाईकलमा अस्पताल पुगाएका थिए भने एक जना संक्रमितकै आफन्त हुन्।
डाक्टर जोशीका अनुसार संक्रमितका सम्पर्कमा भएका व्यक्तिहरुको ट्रेसिङका लागि संघीय सरकारको छुट्टै टीम भएकाले उक्त टीमको सल्लाह अनुसार पुनः परक्षिण गर्ने, नगर्ने विषयमा टुङगो लगाईनेछ। यस्तै संक्रमित युवकको दोश्रो पटक परीक्षका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको छ।