सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

२०७६ चैत्र २२, ०६:५१ खबर संवाददाता

धनगढी: धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका १० जना परिवारका सदस्यको तीन दिन अगाडि नमूना संकलन भएको थियो। १० जनामा सात जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

‘दुई जनाको रिपोर्ट हामीलाई अहिले सम्म प्राप्त भएको छैन्। सुरुमा संक्रमित युवकका एक जना परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फेरी अन्यको परीक्षण गर्ने/नगर्ने विषयमा अहिले नै टुङगो लागेको छैन्।’ डाक्टर जोशीले दिनेश खबरलाई भने।

उनका अनुसार संक्रमितका सम्पर्कमा भएका व्यक्तिहरुको ट्रेसिङका लागि संघीय सरकारले छुट्टै टीम भएकाले उक्त टीमको सल्लाह अनुसार पुनः परक्षिण गर्ने, नगर्ने विषयमा टुङगो लगाईनेछ।

 

कमेन्ट लोड गर्नुस