सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खोरमा फसेको चितुवाको उद्धार

२०७६ चैत्र २२, ०६:२७ खबर संवाददाता

बैतडी: बैतडीमा खोरमा फसेको चितुवाको उद्धारगरि चितवन पठाइएको छ। बिहीबार राति जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ असुरमा खोरमा फसेको चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा नेतृत्वको टोलीले आज उद्धार गरेर चितवन लगेको हो।

चितुवालाई निकुञ्ज लगेर छाडिने वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामाले बताए। चितुवाले मानव बस्तीमा पसेर लगातार क्षति पुर्याउँदै आएको थियो। चैत पहिलो साता विज्ञहरुको टोलीले चितुवा पक्रनका लागि मेलौली ९ असुरमा तीनओटा खोर राखेका थिए। 

२०६८ साल यता चितुवाले तल्लोस्वराड क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको छ। 

कमेन्ट लोड गर्नुस