कैलालीको एक विद्यालयमा आगलागी
कैलाली: कैलालीको एक विद्यालयमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका २ मा रहेको नव बालबाटिका विद्या मन्दिर विद्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो करिब ५ बजे तिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
प्रहरीका अनुसार आगलागीबाट विद्यालयको गोदाममा रहेका फर्निचर, टेबललगायत अन्य सामाग्री जलेर नष्ट भएका छन्। स्थानीसयवासी, प्रहरी, सशस्त्र प्रहरी, लम्किचुहा नगरपालिकाको दमकल र घोडाघोडी नगरपालिकाको दमकलले करीब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।
विद्युत सर्ट भएर गोदाममा आगलागी भएको हुन सक्ने प्रहरी अनुमान छ।