सुदूर नेपाललाई विश्वसँग जोड्दै

याक नेपाल धनगढीद्वारा खाद्यान्न वितरण

२०७६ चैत्र २२, ०३:३७ खबर संवाददाता

याक नेपाल धनगढीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का सुकुम्बासीला खाद्यान्न वितरण गरेको छ। बनरा नदीको किनार नजिक सिगास टोलमा बस्दै आएका १७ मजदुर सुकुम्बासि परिवारलाई खाद्यान्न वितरण गरेको याक नेपालका संयोजक देवि खनालले जानकारी दिए।

वडा अध्यक्ष दिल बहादुर बुढाको उपस्थितिमा प्रतिपरिवार ३० किलो चामल, १ किलो दाल, २ किलो नुन र १ लिटर तेल वितरण गरिएको उनले बताए।  दैनिक ज्यालामा मजदुरी गर्दै आएका सुकुम्बासी परिवारलाई राहात स्वरुप २४ हजार ८ सय १० रुपैँया बराबरको खाद्यान्न सहयोग गरेको संयोजक खनालले बताए। 
 

कमेन्ट लोड गर्नुस