सुदूर नेपाललाई विश्वसँग जोड्दै

विना कुनै लक्षण धनगढीकी महिलामा कारोना 'पोजेटिभ’

२०७६ चैत्र २२, ०२:०० खबर संवाददाता

धनगढी : कुनैपनि लक्षणविना धनगढीकी एक महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ। कोराना भाईरस (कोभिड १९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका  वडा नम्बर ५ का ३४ बर्षीय युवकका भाउजुलाई विना कुनै लक्षण कोरोना ’पोजेटिभ’ देखिएको हो। 

कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन्। तर ति महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन्। 

सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीका अनुसार ति महिलामा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको थिएन तर सं्रक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो। 
उनले दिनेश खवरलाई भने, ‘आज मात्रै कोरोना पुष्टि भएका तीनै जनामा कोरोनाको खासै लक्षण देखिएको छैन्। लक्षण विना नै कोरोना पोजेटिभ देखाउन थालेपछि अव स्वाव संकलनमा समेत अन्योलता बढेको छ।’

यसअघि कोरोना भाईरस कोभिड १९ को संक्रमण भएका धनगढीका ३४ बर्षिय युवाका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाईएको थियो। पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस