सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

२०७६ चैत्र २२, ०१:३१ खबर संवाददाता

धनगढी: नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ। कैलालीको धनगढीमा दुबईबाट फर्किएका पुरूषबाट उनकी ३४ वर्षीया  भाउजुमा पनि कोरोना भाइरस पुष्टि भएको छ। 

शनिबार भाउजुमा पनि कोरोना भेटिएपछी पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन्।
 

कमेन्ट लोड गर्नुस