सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नेपाल डेरी एसोसिएसनद्धारा दुध वितरण

२०७६ चैत्र २१, ०८:३९ खबर संवाददाता

धनगढीमा नेपाल डेरी एसोसिएसनले दुध वितरण गरेको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र हेल्प फर ह्याप्पिनेस टिम सुदुरपश्चिमको सहकार्यमा  दुध वितरण गरिएको हो। धनगढीको मानव सेवा आश्रम लाई ३५ लिटर, आमाको माया छात्रवासलाई ६ लिटर र दृष्टि फाउण्डेसनलाई २५ लिटर दुध हस्तान्तरण गरिएको नेपाल डेरि एसोसिएसन सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण बहादुर हमालले  बताए।

‘विभिन्न ठाउँमा नाला र सडकमा दूध पोखेर बिरोध गर्नु भन्दा यो विषम परिस्थितिमा विभिन्न गरिब असहाय र बिरामी लाई सहयोग होस् भन्ने उद्देश्यले दुध वितरण गरिएको हो’ उनले भने, ‘कोरोना भाईरसको जोखिमबाट जोगिनको लागि देशमा लकडाउनको घोषणा गरिएका वेला विभिन्न किसानहरु दुध संकलन गरि वितरण गरेका छौँ।’

दुध बितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप–सचिव डा.हेमराज अवस्थी, हेल्प फर ह्याप्पिनेस टिम सुदुरपश्चिमका संयोजक घनश्याम भन्डारी र धनगढी गौसालाका यस्पाल अवस्थीको सहभागीता रहेको थियो। दुध लाई पनि अत्यावश्यक पदार्थको रुपमा राखेर सहज रुपमा आपूर्ती गरि किसानहरु लाई सहयोग गर्न अनुरोध गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस