कैलालीको दृष्टि फाउण्डेसनलाई ३२ कट्टा चामल सहयोग
कैलाली: कैलालीको दृष्टि फाउन्डेसनलाई ३२ कट्टा चामल सहयोग गरिएको छ। कोरोनाको जोखिमलाई नियन्त्रण गर्न देशमा लकडाउनको घोषणा गरिएका बेला फाउण्डेसनमा खाद्यान्नको अभाव भएपछि विभिन्न दाताहरुले ३२ कट्टा चामल सहयोग गरेका हुन्।
फाउण्डेसनलाई डोटी बडिकेदारका स्थानीय टोपबहादुर चन्द, तेज बहादुर कलेल, खेम बहादुर बमले दुई/दुई कट्टा र बडिकेदारकै करनसिंह कुड्माल, शिव कलेल, रघुराजा बम, देवेन्द्र बम र भक्तराज जोशीले एक कट्टा चामल सहयोग गरेका छन्।
डोटीकै जोरायलका स्थानीय लिलाधर जोशी, मुकुन्द प्रसाद भट्टले दुई/दुई कट्टा र जोरायलकै स्थानीय चन्द्रा कुमारी साउद र सन्तोष बोहराले एक/एक कट्टा चामल सहयोग गरेको फाउण्डेसनले जनाएको छ।
यस्तै डोटी शिखर नगरपालिका स्थानीय ललित बलायर र जगन्नाथ जोराले एक/एक कट्टा तथा डोटीकै बोगटानका स्थानीय हेमन्त घिमिरे, प्रमोद विक्रम बम र दिनेश बमले एक/एक कट्टा चामल सहयोग गरेका छन्।
त्यस्तै डोटीको केआईसिंहका स्थानीय मीना राणाले पनि एक कट्टा चामल सहयोग गरेकी छिन्। कैलालीको चुरेका स्थानीय प्रकाश देउवा र राजेन्द्र बहादुर सिंहले एक/एक कट्टा चामल सहयोग गरेका छन्।
यस्तै धनगढीका स्थानीय अशोक शाह, माधव प्रसाद भट्ट, बागेश्वार पाण्डये र अमर देउवा, प्रदिप कुमार श्रेष्ठ र राजेश गिरीले एक/एक कट्टा चामल सहयोग गरेको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताइन्। उनले रघुराजा बमको अगुवाइमा चामल संकलन भएको बताइन।