ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापकद्वारा खाद्यान्न हस्तान्तरण
२०७६ चैत्र २१, ०६:१७
धनगढी: धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पस प्राध्यापक संघ र कर्मचारीहरुले धनगढी उपमहानगरपालिकाका खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन्।
उक्त सामाग्री ऐेश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन।
उनले ४५ हजार बराबरको २ सय ७५ किलो चामल, ५० किलो मसुर, ५० किलो अरहर, ५० किलो मास र ६० लिटर तेल हस्तान्तरण गरेका हुन।
कमेन्ट लोड गर्नुस