धनगढीमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ
धनगढी: धनगढीमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको शक्रबार बिहान मृत्यु भएको थियो।
मृत्युपश्चात मृतकको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा उनीमा कोरोना नभएको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालाले पुष्टी गरेको छ।
कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको थियो।