धनगढीमा महिलाका लागि छुट्टै क्वारेन्टाईन
२०७६ चैत्र २१, ०५:४७
धनगढी उप–महानगरपालिकामा महिलाहरुका लागि छुट्टै क्वारेन्टाईन कक्ष स्थापना गरिएको छ। धनगढीमा रहेको बि पोलिटेक्नीक ईन्ष्टिच्यूटले आफ्नो भवन र परिसर उपलव्ध गराएपछि २२ शैयाको महिला क्वारेन्टाईन कक्ष स्थापना गरिएको हो।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिला र पुरुषहरुको छुट्टा छुट्टै आवश्यकताका आधारमा क्वारेन्टाईन कक्षको ब्यबस्था गरिएको बताए।
कमेन्ट लोड गर्नुस