सुदूरपश्चिम सरकारलाई कोरोना रोकथामका लागि मेगा बैँकद्धारा ५ लाख सहयोग
धनगढी: मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ। मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्।
बैँकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सात वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ।