सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकी विकास बैंकद्वारा कोरोना जोखिम नियन्त्रण कोषमा ४ लाख सहयोग

२०७६ चैत्र २१, ०४:१४ खबर संवाददाता

धनगढी: गण्डकी विकास बैंक धनगढीले सुदूरपश्चिम सरकारको कोरोना जोखिम नियन्त्रण कोषमा ४ लाख सहयोग गरेको छ। कोभिड–१९ जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि खडा गरिएको कोषमा उक्त रकम जम्मा गरिएको हो।

शुक्रबार बैंकका शाखा प्रबन्धक योगेन्द्र अवस्थीले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ४ लाखको चेक हस्तान्तरण गरेका छन्।
 

कमेन्ट लोड गर्नुस