धनगढी जेसिजद्वारा खाद्यान्न सहयोग
धनगढी : धनगढी जेसिजले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। १५० बोरा चामल, ३४ पेटि खानेतेल, २४ बोरा दाल, चिउरा २ बोरा, भुजा २ बोरा र सोयाबिन ५२ कट्टा हस्तान्तरण गरिएको अध्यक्ष श्याम पाठकले बताए।
धनगढी जेसिजका अध्यक्ष पाठक सहितको टोलीले आज ती सामग्रीहरु धनगढी उपमहानरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरे। धनगढी जेसिजका अध्यक्ष पाठकले लकडाउनका कारण अप्ठ्यारोमा परेका गरीव र दुई छाक टार्न समस्या भएका मजदूरहरुको राहतका लागि संस्थाका तर्फबाट सहयोग गरिएको बताए ।
राहत सामग्री खरीदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कुवँरको संयोजकत्वमा थालिएको आर्थिक सहयोग संकलन अभियानमा हाल अमेरिकामा बसोवास गर्ने धनगढी जेसीजका पूर्व सदस्य रोहित भट्टले १ लाख १७ हजार रुपैया सहयोग गरेका थिए।