सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका केरा व्यवसायी लगानी डुब्ने चिन्तामा

२०७६ चैत्र २१, ०१:५० खबर संवाददाता

कञ्चनपुरका केरा व्यवसायीले लगानी डुब्ने चिन्ता व्यक्त िगरेका छन्। कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि लगानी डुब्ने चिन्ता व्यक्त गरिएको हो।

केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पुर्णसिह साउदले चिन्ता व्यक्त गरे। उनले लकडाउनले बजार बन्द भएपछि  मलको अभाव भएकाले केरा उत्पादनमा ह्रास आउने देखिएको बताए।

यस्तै लकडाउनको समयमा मानिसहरु घर भित्रै बस्ने भएकाले उत्पादीत केराले बजार नपाउने भएपछि केरा व्यवसायीको करोडौँको लगानी खेर जाने साउँदले बताए। 
 

कमेन्ट लोड गर्नुस