सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्ली मार्सी धानको बीउ रोपण

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र २१, ०८:१२

यहाँका किसानले जुम्ली मार्सीधानको बीउ रोपेका छन्। लकडाउनको प्रभाव जुम्ला सदरमुकाम खलङ्गा बजारमा भए पनि गाउँतिर भने खासै प्रभाव परेको छैन। जुम्ली किसानले कृषिपात्रोअनुसार धमाधम  बीउ छरी ‘विसुवा पर्व’ मनाए। जुम्ली कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा राख्ने परम्परा रहिआएको किसान हरिकला पाण्डेले बताए।

‘विक्रम संवत् ११९८ देखि चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ।  धान खेतीको चक्र चैत महिनाको १२ गतेदेखि शुरु हुने र चैतमा बेर्नाका लागि बीउ राखी जेठअसारमा रोपिने कृषि विकास कार्यालयका सूचना अधिकारी खेमराज शाहीले बताए। ‘जिल्लाभरि एकै दिन छर्किने गरिन्छ,’ उनले भन्योे, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ। वैज्ञानिक हिसाबले पनि बिहीबारको दिन बीउ बेर्नामा राख्नैपर्छ।’

जिल्लामा यस वर्ष दुई हजार आठ सय हेक्टरमा धान खेती हुने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ। जुम्लामा वर्षेनी पाँच हजार ६ सय मेट्रिक टन धान उत्पादन हुन्छ। रासस

कमेन्ट लोड गर्नुस