सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव निकट अखिल क्रान्तिकारीद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई सहयोग

२०७६ चैत्र २०, ०८:०१ खबर संवाददाता

नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कैलालीले धनगढीमा रहेको मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई विभिन्न समाग्री सहयोग गरेको छ। कोरोना भाईरसको विश्व व्यापी महामारी फैलिरहेका बेला क्रान्तिकारी विद्यार्थी संगठनले दुवै संस्थाले आश्रय दिएर राखेका असहायहरुलाई विभिन्न समाग्री सहयो गरेको हो।  

क्रान्तिकारीले असहायहरुलाई मास्क, डिटोल साबुन, सेनिटाईजरका साथै ६ किलोग्राम   दाल र नगद ११ सय ५०  सहयोग स्वरुप प्रदान गरिएको हो। समाग्री हस्तान्तरण कार्यक्रममा  सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज  बबरजङ्ग सिंह, अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा  मानव सेवा आश्रम सुदुरपश्चिमका संयोजक  आदर्श ढकालले विद्यार्थी  सङ्गठनले महामारीको समयमा पनि सहयोग गरेकोमा क्रान्तिकारीलाई धन्यवाद ज्ञापन गरे। सङ्गठनको तर्फबाट केन्द्रीय सदस्य बबरजङ्ग सिंहले  र अध्यक्ष जोशीले आफ्नो सङ्गठन सदैव असाहाय, वृद्ध र बेसहाराको साथमा रही सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

 

 

कमेन्ट लोड गर्नुस