नेविसंघद्वारा वडा प्रहरी कार्यालय धनगढीलाई सहयोग
धनगढी: नेपाल विद्यार्थी संघले वडा प्रहरी कार्यालय धनगढीलाई सहयोग गरेको छ। नेविसंघ कैलाली क्षेत्र नम्बर पाँचले वडा प्रहरी कार्यालय धनगढीलाई स्वास्थ्य तथा खाद्य सामाग्री सहयोग गरेको हो।
संघको क्षेत्रिय समितीले बिहिबार वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
कोभिड–१९ को संक्रमण विश्वमा फैलिएका बेला नेविसंघले ८० सेट पञ्जा, खाजा, पानी र जुस लगायतका सामाग्री सहयोग गरेको नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५ का सभापति गजेन्द्र शाहीले जानकारी दिए।