धनगढीमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिदै
धनगढी उप–महानगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या भएका ब्यक्ति र परिवारलाई मंगलबार देखि खाद्यान्न वितरण सुरु गरेको छ।
विभिन्न व्यक्ति र संस्थाबाट संकलन भएको खाद्यान्न वितरण थालिएको हो। छाक टार्न समस्या भएका ब्यक्ति र परिवारहरुलाई वडातहबाट नै राहत स्वरुप चामल, दाल, तेल, नुन, तरकारी वितरण गर्न थालेको नगरप्रमुख नृपबहादुर वडले बताए।
नगरप्रमुख वडका अनुसार राहत वितरणका लागि वडाहरुमा अध्यक्षको संयोजकत्वमा सर्वदलिय÷सर्वपक्षिय समिति गठन गरि लकडाउनका कारण छाक टार्न समस्या भएकाहरुको विवरण संकलन गरिएको थियो। सर्वदलिय÷सर्वपक्षिय समितिले संकलन गरेको बिवरणका आधारमा राहत वितरण सुरु भएको छ।