डडेल्धुरामा कोरोना आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ
डडेल्धुरा: कोभिड– १९को आशंकामा गरिएका डडेल्धुराका अन्दाजी २० वर्षीय पुरुषको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
आइतबार अमरगढी नगरपालिका– ९ का ती व्यक्तिको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेक, काठमाण्डौं पठाइएको डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ।
भारतको मुम्बईबाट घर आएको र रुखाखोकी तथा समान्य ज्वरो देखिएकाले डडेल्धुरा उनीको डडेल्धुरा अस्पतालमा ल्याइ थ्रोट स्वाब संकलन गरिएको थियो।