सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई कोरोना रोकथामका लागि कुमारी बैँकद्धारा १० लाख सहयोग

२०७६ चैत्र २०, ०३:०४ खबर संवाददाता

कुमारी बैँक लिमिटेडले कोरोना भाईरसको रोकथामका लागि सुदूरपश्चिम सरकारलाई १० लाख सहयोग गरेको छ। बैँकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रदेश सरकारले खडा गरेको कोरोना भाईरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा १० लाख सहयोग गरेको हो।

बैँकका सुदूरपश्चिम प्रमुख दीपक खनालले बिहिवार १० लाख रुपैयाँको चेक  मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरे। उक्त रकम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री कृष्ण प्रसाद सुवेदी र बैंकका कर्मचारी खगेन्द्र कुमार साउद, खडक रोकाया, नारायणदत्त भणडारीको उपस्थितिमा हस्तान्तरण गरिएको बैँकले जनाएको छ।

कुमारी बैँकको केन्द्रीय कार्यालयले कोभिड–१९ नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहात कोषमा जम्मा हुने गरी संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशलाई १०÷१० लाख सहयोग गर्ने निर्णय अनुसार सुदूरपश्चिममा पनि उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ।

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी रकम दिएको बैंकले जनाएको छ। लकडाउनमा पनि बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू दिएको छ। 

यस्तै आजै गरिमा विकास बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले पनि प्रदेश सरकारको रोकथाम कोषमा ५÷५ लाख रुपैया सहयोग गरेका छन्। उनीहरु समेत सहयोग रकम मुख्यमन्त्री भट्टलाई हस्तान्तरण गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस