कैलालीमा कार सहित ४० सवारीसाधन नियन्त्रणमा
कैलालीमा प्रहरीले लकडाउनको उल्लङ्घन गर्दै चलाईएका कार सहित ४० वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्थानबाट लकडाउनको उल्लङ्घन गरी जथाभावी चलाईएका सवारी साधन नियन्त्रणमा लिईएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले धनगढी र अन्य स्थानबाट एउटा कार सहित ३९ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको जानकारी दिए।
यसअघि प्रहरीले बुधबार पनि धनगढीबाट लकडाउन उल्लंघन गरी चलाइएका १ सय २८ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो।
दिउँसोभरी घरमा बसेर साझ धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि पछिल्लो समय प्रहरीले निगरानीलाई थप कडा बनाएको छ।