सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला युरो कप एक वर्षपछि

२०७६ चैत्र २०, १२:१२ खबर संवाददाता

यस वर्ष हुनुपर्ने युरो कप फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सारिएपछि अर्को वर्ष इङ्गल्याण्डमा हुने महिला युरो कप पनि एक वर्षपछि धकेलिएको छ।

महिला युरो कप अब सन् २०२२ को समरमा हुने तय भएको छ। युरो र टोकियो ओलम्पिक पनि २०२१ मा सारिएपछि एकै समयमा दुई ठूला प्रतियोगिता हुने भएकाले महिला युरो कप निर्धारित मितिमा आयोजना गर्न सम्भव भएन। युरोपका तीन टिम( इङ्गल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन टोकियो ओलम्पिकका लागि छनोट भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस