सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कीटनाशक औषधि छर्कने कार्य जारी

२०७६ चैत्र २०, ११:३४

कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको छ। जिल्लाका मुख्य बजारहरुमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

क्लोरिनमा पानी मिसाएर दमकलको सहायताले औषधि छर्कने काम भइरहेको छ। जिल्ला प्रशासनको अगुवाइमा सञ्चालन भएको औषधि छर्कने कार्यमा दशरथचन्द नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सहयोग गरेका छन्। 

यस्तै पाटन नगरपालिकाले पनि पाटन बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि गाउँपालिकाका बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। रासस
 

कमेन्ट लोड गर्नुस