धनगढीमा लकडाउन उल्लंघन गरी चलाइएका १२८ सवारी नियन्त्रणमा
धनगढी: धनगढीमा सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी चलाइएका १२८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
लकडाउन उल्लंघन गरी चलाइएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएर चालकलाई सम्झाईबुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
दिउँसोभरी घरमा बसेर साझ धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि पछिल्लो समय प्रहरीले निगरानीलाई थप कडा बनाएको छ।