सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भारतबाट फर्केका ३ सय १० जना क्वारेन्टाइनमा

२०७६ चैत्र १९, ०३:१० खबर संवाददाता

बैतडी: बैतडीमा भारतबाट फर्केका नागरिकलाई विभिन्न स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेको छ। भारतका विभिन्न स्थानबाट जिल्लाका स्थानीय तहहरुमा आएका ३ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  

जिल्लाका दशओटै स्थानीय तहले ७ सय २ बेडको क्वारेन्टाइन निर्माण गरी भारतबाट आएकाहरुलाई राखेको हो। जिल्लाको दशरथचन्द नगरपालिकामा १८, पाटन नगरपालिकामा ५, मेलौली नगरपालिकामा २, पुर्चौंडी नगरपालिकामा १७५, सुर्नया गाउँपालिकामा २७, पञ्चेश्वर गाउँपालिकामा ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। 

त्यस्तै दोगडाकेदार गाउँपालिकामा २०, डिलाशैनी गाउँपालिकामा ३८, सिगास गाउँपालिकामा १२ र शिवनाथ गाउँपालिकामा १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई क्वारेन्टाइनमै खानाको व्यवस्था समेत स्थानीय तहले गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस