सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड–१९: कर्मचारीको बिमा गर्दै डोटीको दिपायल नगरपालिका

२०७६ चैत्र १९, ०२:४४

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिकाले कोभिड–१९ विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र करार कर्मचारीको बीमा गर्ने भएको छ। कोरोनाविरुद्धको अभियानमा सबैभन्दा बढी खटिने करार कर्मचारीको पनि बीमा गर्ने नगरपालिकाले निर्णय गरेको छ। 

नगरपालिकामा भएका स्थायी कर्मचारीको भने संघीय सरकारले बीमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ। कोरोना नियन्त्रण तथा रोकथाममा खटिने सबै कर्मचारीको जोखिमलाई हेरेर ८ लाखदेखि १० लाखसम्मको बीमा गर्ने निर्णय गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए। –रासस

कमेन्ट लोड गर्नुस